प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा: आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ – Nepal Press

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा: आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनवाइ हुँदैछ । शुक्रबार सर्वोच्च अदालतले बृहत् पूर्ण इजलासमा सुनुवाइ होस् भन्ने रिट निवेदन अस्वीकृत गरेपछि आजदेखि संवैधानिक इजलासमै निरन्तर सुनुवाइ हुन लागेको हो ।

रिट निवेदनमाथि पक्ष र विपक्षमा बहस सकिएपछि शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ हुने आदेश जारी भएको थियो ।

नेपालको संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको माग बमोजिम बृहत् पूर्ण इजलासमा लैजानु पर्ने नदेखिएको संवैधानिक इजलासको उत्प्रषेण परमादेशमा उल्लेख छ ।

संविधानको धारा १३७ बमोजिम गम्भरी संवैधानिक व्याख्या गर्ने अधिकार संवैधानिक इजलासलाई दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर