ओलीलाई योगेशको जवाफ: केटो भनी पाउँदा मलाई दुःख छैन – Nepal Press

ओलीलाई योगेशको जवाफ: केटो भनी पाउँदा मलाई दुःख छैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् उत्तर दिएका छन् ।

प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै ओलीले भट्टराईप्रति लक्षित गर्दै ‘बैगुनी केटो’को संज्ञा दिएका थिए । ओलीले योगेशको नाम नलिई ‘बैगुनी केटो’को संज्ञा दिएका थिए । प्रदेश १ मै पनि बैगुनी निस्किएको भन्दै त्यसले केही फरक नपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीको सोही अभिव्यक्तिपछि भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्– केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो । केटो भनी पाउँदा मलाई दुःख छैन । तपाईँको स्तर थाहा पाएँ, खुशी लाग्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर