कोरोनाभाइरस अपडेट : सक्रिय संक्रमित संख्या ४ हजार ५८, २४० संक्रमित थपिए – Nepal Press

कोरोनाभाइरस अपडेट : सक्रिय संक्रमित संख्या ४ हजार ५८, २४० संक्रमित थपिए

काठमाडौं । शनिबार अपरान्हसम्म नेपालमा कोरोनाभाइरस संक्रमित संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा २४० नयाँ संक्रमित थपिएका छन् ।

३ हजार ८१९ पीसीआर परिक्षण गरिएको थियो । शनिबारसम्म नेपालमा ४ हजार ५८ सक्रिय संक्रमित छन् ।

अहिलेसम्म २ लाख ६१ हजार ४४ जना निको भएका छन् । ४७७ जना निको भए । २४ घन्टामा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेको संख्या १९५४ पुगेको छ । देशभर २०० जना क्वारेन्टाइनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर