नेम्वाङको प्रश्न– अदालत नजिकै गएर ‘म यहाँ छु’ भनेर के गर्न खोज्नु भएको हो ? – Nepal Press

नेम्वाङको प्रश्न– अदालत नजिकै गएर ‘म यहाँ छु’ भनेर के गर्न खोज्नु भएको हो ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष)का नेता सुवास नेम्वाङले अदालतलाई कुनै पनि दवाव दिन नहुने बताएका छन्। शनिबार ओली पक्षीय नेकपा प्रदेश १ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे भने– उहाँ (प्रचण्ड–माधव)हरुले सर्वोच्च अदालत नजिकै गएर ‘म यहाँ छु’ भनेर किन देखाएको ? मैले यो बुझेको छैन। यो अनुपयुक्त भएन र ?

सर्वोच्च अदालत फैसला गर्न सक्षम भएको भन्दै नेम्वाङले भने– सर्वोच्च अदालत फैसला गर्न सक्षम छ । अदालतलाई कुनै पनि दवाव दिनु हुँदैन।

प्रतिनिधिसभा विघटन सही वा गलत भएको बारे कुनै टिप्पणी नगरेका नेम्वाङले संसदीय प्रणालीमा प्रधानमन्त्रीको विशेषाधिकार हुने दावी गरे। उनले भने–संसदीय प्रणालीमा प्रधानमन्त्रीको एक प्रकारको विशेषाधिकार रहन्छ । लोकतन्त्रमा जनता नै सर्वोपरी हुन् भनेर उहाँले जनतामा जाने निर्णय गर्नुभयो ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन भएकाले आफू नबोलेको भन्दै उनले आफू मौन भने नरहेको बताए।

नेम्वाङले सर्वोच्चमा विचाराधीन विषयमा संसदमा समेत छलफल गर्न नपाइने व्यवस्था संविधानमा रहेको दावी गरे। दावी पेस गर्दैै उनले भने– सर्वोच्चामा विचाराधीन यस्ता विषयमा संसदमा समेत छलफल गर्न पाइँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर