जुर्‍यो मुख्यमन्त्री शेरधन राईको विहे साइत – Nepal Press

जुर्‍यो मुख्यमन्त्री शेरधन राईको विहे साइत

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन्। काठमाण्डौ बस्दै आएकी शेर्पा युवतीसँग माघ ११ गते विवाह हुन लागेको हो ।

४८ वर्षीय मुख्यमन्त्री राईले नेपाल प्रेससंग भने–विवाहको कुनै तयारी थिएन, आकस्मिक रुपमा तय भयो। विवाहको कार्यक्रम काठमाण्डौमा हुनेछ।

मुख्यमन्त्री राईका अनुसार केटी पक्षका परिवार अमेरिकामा बस्छन् । मुख्यमन्त्री राईसंग विवाह गर्न लागेकी युवती सामाजिक कार्यमा संलग्न छिन् ।

मुख्यमन्त्री राईको विवाहको कार्याक्रम काठमाण्डौमा भएपनि प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितिभोज कार्यक्रम रहेको छ । २०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा राई कान्छो सांसद थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *