रुकुम पूर्व जिल्ला समन्वय प्रमुख सहित ५ जना जुवा खालबाट पक्राउ – Nepal Press

रुकुम पूर्व जिल्ला समन्वय प्रमुख सहित ५ जना जुवा खालबाट पक्राउ

सुर्खेत । रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्र बहादुर वली जुवा खालबाट रकम सहित पक्राउ परेका छन् ।

प्रचण्ड–माधव नेपाल समूहका नेता समेत रहेका वलीलाई जुवा खेलिरहेको बेला अन्य ५ जनासहित रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा पृथा उत्तरगंगा गाउँपालिकाका सुभाष घर्तीमगर, जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाका लिवहादुर पुन, मुसिकोटका कमल गिरी रहेका छन् ।

रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर १ पातुखोला स्थित भरत घर्तिमगरको घरमा जुवा तास खेलिरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी रुकुम पश्चिमबाट खटिएको टोलीले २५ हजार नगद र तास सहित पक्राउ गरि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर