प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय विकास समिति बैठक प्रचण्डनिकट मुख्यमन्त्रीद्वारा बहिष्कार – Nepal Press

प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय विकास समिति बैठक प्रचण्डनिकट मुख्यमन्त्रीद्वारा बहिष्कार

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा आएको विभाजनको असर राष्ट्रिय विकास समस्या समाधान समिति बैठकमा पनि परेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बोलाएको समितिको ४८ औं बैठकमा अन्य प्रदेशका मुख्यमन्त्रीहरु उपस्थित भए पनि प्रचण्ड–माधव पक्षबाट मुख्यमन्त्री बनेका दुई प्रदेशका मुख्यमन्त्रीहरु भने उपस्थित भएनन्।

बालुवाटारमा बोलाएको बैठकमा प्रदेश १ का शेरधन राई, प्रदेश २ का लालबाबु राउत, वागमतीका डोरमणि पौडेल, गण्डकीका पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेल उपस्थित थिए। तर, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने उपस्थित भएनन् । उनीहरु दुवै तत्कालीन माओवादीबाट मुख्यमन्त्री भएका थिए।

गत साता प्रधानमन्त्री धनगढी जाँदा पनि भट्ट प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा नगएपछि उनको आलोचना भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर