दिल्लीमा परराष्ट्रमन्त्री ज्ञवालीले भने – नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिइने छैन – Nepal Press

दिल्लीमा परराष्ट्रमन्त्री ज्ञवालीले भने – नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिइने छैन

नयाँ दिल्ली –परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिइने बताएका छन् । शुक्रबार दिल्लीस्थित हैदरबाद हाउसमा भएको नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरिय संयुक्त आयोगको बैठकपछि आयोजित भारतीय विश्व सम्बन्ध परिषद्मा बोल्दै दुबै छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध नेपालले चाहेको उल्लेख गरे ।

‘हामी दुई छिमेकी देशसँग नेपालको तुलना गर्न चाहन्नौं तर, दुबै छिमेकीविरुद्ध नेपाली भूमि एकअर्काविरुद्ध प्रयोग गर्न दिइने छैन’ उनले भने । नेपाल र भारतबीचको सीमा समस्यालाई एकअर्काविरुद्ध आरोप प्रत्यारोप गर्ने भन्दा पनि संयुक्त संवादबाट विवाद समाधानको उपाय खोज्नुपर्छ । भारत सरकारले नक्सा जारी गरेपछि उत्पन्न विवादालाई विदेश सचिवस्तरिय तहबाट टुंग्याउन नेपालले विगतमा पहल गरेको स्मरण पनि ज्ञवालीले गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर