सरकारी सेवा घर–घरमा पुर्‍याउन नागरिक मोवाइल एप सार्वजनिक – Nepal Press

सरकारी सेवा घर–घरमा पुर्‍याउन नागरिक मोवाइल एप सार्वजनिक

काठमाडौं । सरकारले सरकारको सेवा प्रबाहका लागि नागरिक मोवाइल एप सार्वजनिक गरेको छ ।

डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रम अन्तरगत सरकारले आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै नागरिक एप सार्वजनिक गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुङले आज मन्त्रालयमा पत्रकार सम्मेलनका बीचमा एप सार्वजनिक गरेका हुन् ।

नागरिक मोवाइल एप्सले नागरिकको हात हातमा सेवा पुर्याउने लक्ष्य लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसले सरकारको समृद्व नेपाल र सुखी नेपालीको अभियानलाई थप टेवा पुर्याएको उनको भनाइ छ । सचिव बस्यालका अनुसार नागरिक एपले अहिले सुरुमा परिक्षणका रुपमा ९ वटा कार्यक्रम समेटिएका छन् ।

यस एपबाट नागरिकले आफ्नो सूचना संकलन गर्ने, सुरक्षित राख्ने तथा सरकारले आफ्नासेवालाई घरघरमा पुर्याउने अपेक्षा लिएको छ ।

आजदेखि नै हरेक नागरिकले आफ्नो इन्ड्रोइड मोवाइल फोन र आइफोनमा डाउनलोड गरेर प्रयोग गर्न सक्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर