बालुवाटारमा ब्रिफिङ : उत्साहजनक माहोल आयो, अब गाउँ-गाउँमा चुनावी अभियान – Nepal Press

बालुवाटारमा ब्रिफिङ : उत्साहजनक माहोल आयो, अब गाउँ-गाउँमा चुनावी अभियान

काठमाडौं। केपी ओली नेतृत्वको नेकपाले पार्टी विभाजनपछि देशभर भएका भेला, बैठक र जनसभाहरुको समीक्षा गर्दा उत्साहजनक माहोल निर्माण भएको ठहर गरेको छ ।

माघे सक्रान्तिका अवसरमा अनौपचारिक छलफलमा लागि बालुवाटार बोलाइएका आफू पक्षधर स्थायी कमिटी सदस्यहरुसँगको ब्रिफिङपछि प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले ढुक्क भएर चुनावी अभियानमा लाग्न नेताहरुलाई निर्देशन दिए ।

तरुल खाँदै भएको छलफलमा नेताहरुले अनौपचारिक रिपोर्टिङ गरेका थिए भने सुवास नेम्वाङले निर्वाचन आयोग र सर्बोच्च अदालतमा चलिरहेका न्यायिक तथा कानुनी प्रक्रियाको बारेमा ब्रिफिङ गरेका थिए । चुनाव चिन्ह र पार्टीको आधिकारिकता अर्को पक्षले नपाउने गरि बिगतदेखिकै कागजपत्रहरुको प्रसंग पनि छलफलमा उठेको थियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्षले स्थायी कमिटी सदस्यहरुसँग पछिल्लो अवस्थाका बारेमा अनौपचारिक रिपोर्टिङ लिएको नेम्वाङले नेपालप्रेसलाई बताए । काठमाडौंमा उपलब्ध सदस्यहरु र अध्यक्षबीच छलफल भएको उनले जानकारी दिए ।

नेम्वाङले भने– त्यहाँ देशभरको अवस्थाबारे ब्रिफिङ भयो, विभाजनपछि केही असर परे पनि तल्लो तहसम्म पुग्दा कार्यकर्ता ओली नेतृत्वमै रहेको पाइयो । उत्साजनक अवस्था बनेको छ र अबका सबै कार्यक्रमहरु चुनाव केन्द्रित गरौं भन्नुभएको छ प्रधानमन्त्रीले ।

छलफलमा ओलीले अहिलेसम्मको माहोल हेर्दा उत्साजनक रहेको र माहोललाई थप आफ्नो पक्षमा बनाउन गाउँ–गाउँमा जान ओलीले निर्देशन समेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर