जनमत नदेखेपछि प्रचण्डले सूर्य चिह्नमा आँखा गाडे- महेश बस्नेत (भिडियो) – Nepal Press

जनमत नदेखेपछि प्रचण्डले सूर्य चिह्नमा आँखा गाडे- महेश बस्नेत (भिडियो)

‘पूर्व एमालेका केही बिराला बोकेर प्रचण्डले ओलीलाई म्याउँ गर्दैछन्’

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष)का नेता महेश बस्नेतले तल्लो तहममा जनमत नभएकाले प्रचण्डले पूर्व एमालेको भावना जोडिएको सूर्य चिह्नमा दावी गरेको बताएका छन् ।

बिहीबार विराटनगरस्थित नेकपाको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले तल्लो तहमा प्रचण्ड पक्षको जनमत नभएपछि सूर्य चिन्हको आडमा आफूहरुमाथि प्रहार गर्न थालेको आरोप लगाए ।

बस्नेतले जनमत छैन भन्ने बुझेरै प्रचण्डहरु निर्वाचन आयोगमा चुनाव रोकिपाउँ भनेर निवेदन बोकेर गएको बताए ।

बस्नेतले भने–मेरा विल्ली मुझें माउ’, अहिले प्रचण्ड एमालेकै केही बिराला बोकेर हामीलाई नै म्याउ गर्दै हुनुहुन्छ। खासमा उनीहरु माउसुलीको पुच्छर चुडिए जसरी छुटेर जानुभएको हो । पुच्छर चुडिदैमा माउसुली लम्किन छाड्दैन ।
अब पुनः पार्टी एकीकरणको सम्भावना सकिएको उनले दावी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर