टेस्लालाई डेढ लाखभन्दा धेरै पुराना गाडी फिर्ता लिन अमेरिकी सवारी सुरक्षा एजेन्सीको निर्देशन – Nepal Press

टेस्लालाई डेढ लाखभन्दा धेरै पुराना गाडी फिर्ता लिन अमेरिकी सवारी सुरक्षा एजेन्सीको निर्देशन

काठमाडौं । अमेरिकी राष्ट्रिय सवारी सुरक्षा एजेन्सीले प्रसिद्ध अमेरिकी इलेक्ट्रिक कार निर्माता कम्पनीले बुधबार एक चिठी लेख्दै टेस्लालाई १ लाख ५८ हजार ७ सय १६ वटा गाडी फिर्ता लिन निर्देशन दिएको छ ।

२०१९ भन्दा अगाडि बनेका मोडल एस र मोडेल एक्स कारहरूको टचस्क्रिनमा समस्या देखिएपछि सुरक्षा सम्बन्धी खतरा देखिएकाले एजेन्सीले कम्पनीलाई कार फिर्ता लिन पत्र लखेको हो । टेस्लाको क्यालिफोर्नियास्थित फ्रिमोन्ट अटो प्लान्टमा २०१२ देखि २०१८ सम्म बनेका मोडेल एसका सेडान र मोडेल एक्सका २०१६ देखि २०१८ सम्म बनेका एसयुभीमा टचस्क्रिनमा समस्या देखिएको हो ।

टेस्लाले यो निर्देशन नमान्ने सम्भावना पनि रहेको तर त्यसका लागि चित्त बुझ्दो स्पष्टिकरण दिनुपर्ने अमेरिकी सञ्चारमाध्यम सीएनबीसीले बताएको छ । एजेन्सीले माग गरेका टेस्ला कारको संख्याले कम्पनीले २०२० को अन्त्यसम्म बेचेका सवारीको १० प्रतिशत हिस्सा ओगट्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *