माओवादी केन्द्रको विवाद निर्वाचन आयोगमा, गोपाल किराँती निस्कासित – Nepal Press

माओवादी केन्द्रको विवाद निर्वाचन आयोगमा, गोपाल किराँती निस्कासित

काठमाडौं । सत्तारुढ नेकपा विभाजन भए/नभएको निर्क्यौल गर्न निर्वाचन आयोगलाई कठिन भइरहेको बेला गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) विभाजनको मुद्दा आयोगमा पुगेको छ ।

तत्कालीन माओवादी केन्द्र नेकपा एमालेसँग एकीकृत भइसकेपछि प्रचण्डसँग असहम हुँदै गोपाल किराँतीले साबिक नेकपा (माओवादी केन्द्र) पुनर्गठन गरेका थिए । किराँतीले विप्लब नेतृत्वको नेकपासँग सहकार्यको नीति लिएकै बेला उपाध्यक्ष कर्णजीत बुढाथोकीले अध्यक्ष किराँतीलाई निश्काशन गरिएको सूचना आयोगमा दर्ता गराएका छन् ।

आयोगले बुढाथोकीको दावीउपर किराँतीसँग जवाफ मागेको छ । अहिले किराँती आयोगको सम्पर्कमा छन् । तर, जवाफ पठाएका छैनन् । उनले मौखिक रुपमा माओवादी केन्द्रको वैधानिकता आफैंमा रहेको बताए पनि दावी पुग्ने प्रमाण पेश नगरेको आयोग स्रोतले जनाएको छ ।

पुस ८, ९ र १० गते सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकले किराँतीलाई कारवाही गरेको कुरा उक्त पत्रमा खुलाइएको निर्वाचन आयोगस्रोतले जनाएको छ ।

उपाध्यक्ष कर्णजीत बुढाथोकीको अध्यक्षतामा बसेको बैठकका बहुमत सदस्यले किराँतीलाई कारवाही गर्ने निर्णयमा हस्ताक्षर गरेकोप्रति पनि आयोगमा पेश भएको छ ।

२१ सदस्यीय केन्द्रीय कमिटीका १३ जनाले किराँतीलाई पार्टीबाट निष्कासित गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

तर, आयोगले अहिलेसम्म उक्त दलको विवरण अध्यावधिक गरेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर