मनाङको ताजे जंगलमा लागेको आगो निभाउँदै नेपाली सेना
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७७ पुष २९ गते १७:३२
![](https://www.nepalpress.com/wp-content/uploads/2021/01/nepali-sena.jpg)
मनाङ । मनाङको नासों गाउँपालिका, वडा नं ८, ताजे गाउँस्थित जंगलमा लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।
आगो नियन्त्रणको लागि खटिएको नेपाली सेनाको रणदल गुल्मको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा उक्त जंगल नजिकै रहेको नेपाल टेलिकमको टावर तर्फ बढ्दै गएको आगो नियन्त्रण गर्न सफल भएको छ ।
तर अधिकांश जमिन ज्यादै अप्ठेरो भएको कारण आगलागी पूर्णरुपमा नियन्त्रणमा आईनसकेको रणदल गुल्मले जनाएको छ ।
प्रतिक्रिया