फेसबुकमा जब भ्याकेन्सीको विज्ञापन पेज बनाएर बेरोजगार युवालाई ठग्दै, प्रलोभनमा नपर्न प्रहरीकाे अपिल – Nepal Press

फेसबुकमा जब भ्याकेन्सीको विज्ञापन पेज बनाएर बेरोजगार युवालाई ठग्दै, प्रलोभनमा नपर्न प्रहरीकाे अपिल

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा जब भ्याकेन्सीको पेज बनाएर ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका -८ घर भई काडाँघारी बस्ने २३ वर्षीय शिव खड्का छन् ।

उनले फेसबुक मार्फत बेरोजगार युवाहरुलाई आकर्षित गरी आर्कषक तलब, सुविधा दिने झुठो आश्वासन देखाएर १५ सय देखि ३५ सय सम्म ईसेवा मार्फत डिपोजिट गर्न लगाउने गरेका थिए ।

खड्काले ४३ जना युवाबाट रकम असुलेर फरार भएका थिए । ती युवाहरुले ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

प्रहरीले यस्ता खालको प्रलोभनबाट बच्न समेत अपिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर