टोपवहादुरको आरोप– ३ वर्ष सरकारमा बसेर खाएकाहरु अहिले सडकमा ढुंगा हान्दैछन् (भिडियो) – Nepal Press

टोपवहादुरको आरोप– ३ वर्ष सरकारमा बसेर खाएकाहरु अहिले सडकमा ढुंगा हान्दैछन् (भिडियो)

काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ३ वर्षसम्म केपी ओली नेतृत्वको सरकारमा बसेर तर मारेकाहरु अहिले सडकमा ढुंगा हान्दै हिँडेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लवमा बुधवार आयोजित कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रायमाझीले ३ वर्षसम्म सरकारमा बसेर अन्तिममा प्रधानमन्त्रीलाई नै ‘कु’ गर्ने षड्यन्त्रको मतियार बनेकाहरु नै अहिले सडकमा ढुंगा हान्दै हिँडेको बताए ।

रायमाझीले भने– पार्टीभित्रैबाट सरकार ढालेर व्यवस्था नै धरापमा पार्ने षड्यन्त्र भएपछि सिस्टम बचाउँन प्रधानमन्त्रीले बाध्यात्मक कदम चाल्नुभयो । ३ वर्षसम्म सरकारमा बस्नेहरु अहिले ढुंगा हान्दै हिँडेका छन् । वास्तवमा यिनीहरु कसैलाई चुनाव जितिन्छ भन्ने नै छैन ।

रायमाझीले विस्तारै माहौल फेरिन लागेको दावी गर्दै केपी ओली नेपालको नायक भएकाले चुनाव ओली नेतृत्वकै पार्टीले जित्ने बताए । उनले नेकपा फुटेका बेला प्रतिपक्ष उत्साहित भएर चुनावमा जानुपर्नेमा अलमल गर्नुले पनि उनीहरुमा जितिन्छ भन्ने आत्मविश्वास नरहेको दावी गरे ।

अर्को प्रसंगमा मन्त्री रायमाझीले एमसीसी पास गरे पनि नगरे पनि विद्युत प्रसारण लाइनको लागि एक मिनेट पनि समय खेर फाल्न नसकिने बताए । उनले भदौदेखि नेपालको विजुली प्रसारण लाइनको अभावमा खेर जाने र अर्बौ रुपैयाँ राज्यलाई घाटा हुने भएकाले एमसीसीको बारेमा दलहरु र सरकार एउटा टुंगोमा पुग्नै पर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर