प्रधानन्यायाधीशको प्रश्न– संवैधानिक व्याख्या चाहिँदैन भन्न खोजेको ? – Nepal Press
संवैधानिक इजलास

प्रधानन्यायाधीशको प्रश्न– संवैधानिक व्याख्या चाहिँदैन भन्न खोजेको ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासको साटो बृहत् पूर्ण इजलासमा हुनुपर्ने रिट निवेदकहरुको जिकिरमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रश्न उठाएका छन् । इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बृहत् पूर्ण इजलासमा बहस गरिरहेका बेला रोकेर राणाले दुईखाले कुरा नगर्न आग्रह गरेका हुन् ।

बहस रोकेर राणाले भने– तपाईंहरुको बुझाइ दोहोरो भयो । गम्भीर संवैधानिक व्याख्या आवश्यक छ भनेर निवेदन दिनुभएको छ । अनि बहसमा गम्भीर संवैधानिक व्याख्या संवैधानिक इजलासबाट हुनुहुँदैन भन्नुहुन्छ । यो दुइखाले कुरा भयो । कि संवैधानिक व्याख्या चाहिँदैन भन्नुपर्यो ।

संविधानमै गम्भीर संवैधानिक ब्याख्या संवैधानिक इजलासबाट हुने व्यवस्था रहेको छ । रिट निवेदकहरुले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा गर्ने प्रधानन्यायाधीशको आदेश नै त्रुटिपूर्ण रहेको जिकिर गरेका छन् ।

तर महान्यायाधिवक्ता अग्नि खरेलले भने संवैधानिक इजलासबाटै ब्याख्या हुनुपर्ने भन्दै बृहत् पूर्ण इजलास आवश्यक नभएको निवेदन पेश गरेका छन् ।

संवैधाानिक इजलासमा विश्वम्भर श्रेष्ठ, अनिल सिन्हा, तेजवहादुर केसी र सपना प्रधान मल्ल न्यायाधीश सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर