इजलासमा मास्क बहस–चस्माले अप्ठेरो पार्‍यो श्रीमान ! – Nepal Press

इजलासमा मास्क बहस–चस्माले अप्ठेरो पार्‍यो श्रीमान !

काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस चलिरहेका बेला एकाएक मास्क लगाउने कि नलगाउने भन्ने विषयले बहसको रुप लिएको छ ।

वृहत पूर्ण इजलास किन चाहियो भनेर बहस गरिरहेका बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहसकै क्रममा मास्क खोलेपछि इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मास्क लगाएर बोल्न आदेश दिए ।

रमणले मास्क लगाउँदा चस्माले अप्ठ्यारो पार्‍यो श्रीमान भन्दै मास्क खोल्नुको बाध्यता सुनाएका थिए । तर इजलासमा मास्क अनिवार्य गरिएकाले उनले पुनः मास्क लगाएर बहस गरेका छन् ।

मास्क लगाउँदा मुख र नाकबाट निस्कने सास चस्मामा पुगेर बाफिएकाले उनले खोलेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर