बृहत् पूर्ण इजलासको माग गर्दै देव गुरुङ सर्वोच्चमा – Nepal Press

बृहत् पूर्ण इजलासको माग गर्दै देव गुरुङ सर्वोच्चमा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ संवैधानिक इजलासमा हुन लागेका बेला रिट निवेदकमध्येका नेकपा नेता देव गुरुङ पनि सर्वोच्च अदालत पुगेका छन् ।

विघटित प्रतिनिधिसभामा नेकपा संसदीय दलको प्रमुख सचेतक रहेका गुरुङसहितका नेकपा सांसदले पनि रिट दायर गरेका थिए ।

यसअघि रिट निवेदक वकिलहरुमात्र सहभागी भएकोमा आजको सुनुवाईमा गुरुङ पनि पुगेका हुन् । गुरुङ पूर्व कानुनमन्त्री पनि हुन् । आजबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदैछ । तर रिट निवेदक गुरुङसहितले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा हुनुपर्ने माग गरेर निवेदन दिएका छन् ।

यो विषय आजको सुनुवाइको शुरुमै उठाउने तयारी निवेदकहरुको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर