चुनावसँग डराउँदैनौं, तर प्रधानमन्त्रीकाे नियत ठीक भएन– मुख्यमन्त्री शाही – Nepal Press

चुनावसँग डराउँदैनौं, तर प्रधानमन्त्रीकाे नियत ठीक भएन– मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाका नेता महेन्द्रबहादुर शाहीले आफूहरु चुनावसँग नडराएको तर प्रधानमन्त्रीको नियतमाथि नै शंका भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीलले चुनाव गर्नका लागि भन्दा पनि निरंकुशता लाद्न संसद विघटन गरेको भन्दै उनले भने– दुई वर्ष कार्यकाल बाँकी हुँदै अर्को चुनाव गर्नुपर्ने कारण नै थिएन ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा शाहीले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानलाई कुल्चेर प्रधानमन्त्री ओलीले प्रतिगमनको बाटो रोजेको बताए ।

शाहीले भने– देशलाई स्थायीत्व र विकास दिन्छौं भनेर दुई तिहाईको सरकार बनाएका थियौं । तर प्रधानमन्त्रीका सनकका कारण प्रतिनिधिसभा विघटन भएको छ । यसले मुलुकलाई गम्भीर मोडमा पुर्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर