ओलीलाई प्रधानमन्त्री बनाउन पार्टी एकता गरेका थिएनौं– नारायणकाजी – Nepal Press

ओलीलाई प्रधानमन्त्री बनाउन पार्टी एकता गरेका थिएनौं– नारायणकाजी

पोखरा। नेपाल कम्यनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन मात्रै पार्टी एकता गरे जस्तो भएको टिप्पणी गरेका छन् । पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको नियत प्रधानमन्त्री हुने भन्दा बढी नभएको बताए ।

उनले निर्वाचन आयोगबाट आफूहरुकै पार्टीले बैधानिकता पाउने र अदालतले संसद पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे । ‘निर्वाचन आयोगले हामीलाई नै वैधानिकता दिन्छ,’ उनले भने, ‘अदालतले अर्को फैसला गर्ने छैन । ओली कदमको खारेजबाहेक अर्को फैसला नगर्नेमा ढुक्क छौं ।’

उनले पुस ५ इतिहासमा कालो दिनमा रुपमा दर्ज भएको समेत टिप्पणी गरे। ‘हजारौं सहिदको बलिदान खोसियो, योद्धाहरुको संघर्ष खोसियो,’ उनको भनाइ थियो।

ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका उनले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दावी गरे। ‘यसअघिका संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार थियो,’ उनले भने, ‘त्यसले राजनीतिक अस्थीरता पैदा भयो । पछिल्लो संविधान बनाउँदा संसद विघटन गर्ने प्रधानमन्त्रीलाई विशेष अधिकार नदिने बनायौं । कसैको निजी बाध्यताका कारणले संविधान मिच्न पाइन्छ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर