स्रोत नखुलेको रकम सहित पक्राउ – Nepal Press

स्रोत नखुलेको रकम सहित पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङगाबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् ।

श्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ, ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक सहित चितवन माडी नगरपालिका६ बस्ने २६ वर्षीय राम कुमार गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ९१३९ नम्बरको हाईस गाडीलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनको झोलामा लुकाई ल्याएको उक्त नगद र चेक सहित फेला पारेको हो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर