मकवानपुरको नेकपा कार्यालयमा ओली पक्षको तालाबन्दी – Nepal Press

मकवानपुरको नेकपा कार्यालयमा ओली पक्षको तालाबन्दी

काठमाडौं । सत्तारुढ नेकपाको केपी ओली पक्षले मकवानपुरको जिल्ला पार्टी कार्यालयमा ताला लगाएको छ ।

पार्टी कार्यालयको सम्पत्ति सुरक्षा गर्न र वैधानिकता विवाद निर्वाचन आयोगबाट छिनोफानो नहुन्जेल अर्को पक्षले सम्पत्ति चोर्न सक्ने भएकाले ताला लगाइएको अनेरास्ववियूका केन्द्रीय कार्यालय सदस्य महेश वर्तौलाले बताए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा अवस्थित पार्टी कार्यालयमा ताला लगााउन नेकपा नेताहरु रामेश्वर राना,रघुनाथ खुलाल,जुनेली श्रेष्ठ,महेश बर्तौला,जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ,भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा लगायत नेता कार्यकर्ता पुगेका थिए ।

अ‍ोली पक्षीय नेकपा मकवानपुरका अध्यक्ष श्रेष्ठले पार्टी कार्यलय हजारौ नेकपाको रगतपसिनाबाट बनेको भन्दै कार्यलयको सुरक्षा आफुहरुको प्राथकिमकतामा परेको बताए ।

उनले ओली नेतृत्वको नेकपानै आधिकारिक नेकपा भएको भन्दै चोइटिएर गएकाहरुलाई पूर्व माओवादीको कार्यलय प्रयोग गर्न समेत उनले आग्रह गरेका थिए । विभाजनअघिको पार्टी अध्यक्ष मुनु सिग्देल प्रचण्ड माधव नेपाल पक्षमा लागेपछि अ‍ोली पक्षले एकालाल श्रेष्ठलाई अध्यक्ष चयन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर