प्रधानमन्त्री ओली ट्रम्पको भल्गर नेपाली संस्करण : त्रिपाठी – Nepal Press

प्रधानमन्त्री ओली ट्रम्पको भल्गर नेपाली संस्करण : त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘भल्गर नेपाली इडिसन’ भएको टिप्पणी गरेका छन् ।

संविधानसभा सदस्य मञ्चले काठमाडौंमा गरेको प्रतिनिधि सभा विघटन र अबको निकास विषयक कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानमन्त्री ओलीले व्यक्तिगत महत्वाकांक्षाका लागि संविधान र लोकतन्त्र दाउमा राखेको बताए । ‘चुनाव हारेपछि ट्रम्पले अमेरिकामा के-के गरे ? आज प्रधानमन्त्री ओली आफू कमजोर भएपछि त्यो भन्दा खराब हर्कत गर्दै हुनुहुन्छ’, त्रिपाठीले भने ।

प्रतिनिधि सभा विघटन हरेक दृष्टिकोणले असंवैधानिक रहेको भन्दै त्रिपाठीले निरक्षर व्यक्तिले समेत प्रधानमन्त्रीको कदमलाई वैध नदेख्ने दावी गरे । त्रिपाठीले नेपालको सार्वभौमसत्ता प्रधानमन्त्री र राष्ट्रपतिमा निहित रहेको भन्दै संविधान जोगाउन तेस्रो जन आन्दोलन आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर