प्रचण्ड–माधव पक्षले बयलगाडामा पुत्ला जलाउँदा झडप (फोटो फिचर) – Nepal Press
प्रचण्ड–माधव पक्षले बयलगाडामा पुत्ला जलाउँदा झडप (फोटो फिचर)
निशान्त सिंह गुरुङ्ग २०७७ पुष २६ गते १६:५२
२०७७ पुष २६ गते १६:५२

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्रीविरुद्ध आन्दोलनका क्रममा बयलगाडा जुलुस निकाल्न खोज्दा माइतीघरमा झडप भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपालमा आउनु बयलगाडा चढेर अमेरिका जानुजस्तै हो भनेको भन्ने १६ वर्षअघिको भनाइलाई व्यंग्य गर्दै प्रचण्ड-माधव पक्षधर अनेरास्ववियूले आइतवार बयलगाडा जुलुस निकालेको हो ।

प्रदर्शनकारीले  बयलगाडा माथि तान्न लगाएर त्यसमाथि प्रधानमन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।