पूर्व प्रधानन्यायाधीशहरुकाे विज्ञप्ति स्वागतयोग्यः योगेश भट्टराई – Nepal Press

पूर्व प्रधानन्यायाधीशहरुकाे विज्ञप्ति स्वागतयोग्यः योगेश भट्टराई

सुर्खेत । प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाका नेता योगेश भट्टराईले सर्वोच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विज्ञिप्ति जारी गर्नुलाई स्वागतयोग्य भनेका छन् ।

दैलेखको दुल्लुमा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्न वीरेन्द्रनगर आइपुगेका नेता भट्टराईले प्रतिनिधिसभा विघटनविरुद्ध लाग्ने सबैलाई स्वागत गर्ने पनि बताए ।

‘प्रधानमन्त्री केपी ओलीले स्वेच्छाचारी ढंगमा गरेको प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी छ’, उनले भने, ‘अहिले संविधानको रक्षा गर्ने सबै पंक्ति आन्दोलनमा छौं । प्रमुख प्रतिपक्षी दलले पनि ओलीको कदमको विरोध गरेको छ । अहिले उहाँहरु पनि आन्दोलनमा नै हुनुहुन्छ । अबको केही समयपछि एकीकृत रुपमा आन्दोलन गर्छौं ।’

उनले नेकपाको आधिकारिक दल आफूहरुकै भएको दावी पनि गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर