सरकारका प्रवक्ता भन्छन् : पूर्वप्रधानन्यायाधीशको वक्तव्य आपत्तिजनक – Nepal Press

सरकारका प्रवक्ता भन्छन् : पूर्वप्रधानन्यायाधीशको वक्तव्य आपत्तिजनक

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा विघटन प्रकरणमा चार पूर्वप्रधानन्यायाधिशले दिएको वक्तव्य प्रति आपत्ति जनाएका छन् ।

मन्त्री गुरुङले सर्वोच्चमा विचाराधिन मुद्दालाई प्रभावित तुल्याउने गरी पूर्वप्रधानन्यायाधिशले संयुक्त वक्तव्य जारी गरेको उल्लेख गर्दै आपत्ति जनाएका हुन् ।

‘सर्वोच्च अदालतका न्यायाधिशलाई न्याय निरुपणमा प्रभावित तुुल्याउने गरी पूर्वप्रधानन्यायाधिशले स्वतन्त्र न्यायालयको गरिमामाथि आँच आउने गरी जारी गर्नुभएको संयुक्त वक्तव्य प्रति आपत्ति व्यक्त गर्दछु’ गुरुङले भने ।

तमू (गुरुङ) सञ्चारकर्मी संघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने –‘संविधान, कानुन र नैतिकता कुनै पनि दृष्टिले सर्वोच्च अदालतको नेतृत्व गरिसक्नु भएका पूूर्व प्रधानन्यायाधिशले अदालतमा विचाराधिन मुद्दामा त्यसो गर्न मिल्दैन ।’

‘न्याय क्षेत्र आफै सक्षम र सवल हुुँदाहुँदै यसलाई कमजोर बनाउने गरी न्यायमूर्ति भइसकेका पूर्वप्रधानन्यायाधिशबाट संविधान, कानुनविपरित खालका वक्तव्य आउनु खेदजनक छ’ गुरुङले भने ।

उनले राजनीतिक दल र विभिन्न समूूहले आन्दोलनको नाममा निर्वाचनको तयारी गरिरहेको पनि दाबी गरे । मन्त्री गुरुङले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा जानेमा विश्वस्त हुन पनि आग्रह गरे । त्यस अवसरमा उनले सबै जाति, भाषा र समुदायको हितका लागि पत्रकारले कलम चलाउने विश्वास पनि व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर