पूर्वप्रधानन्यायाधीशलाई ओलीको प्रश्न– अदालतलाई धम्क्याउने ? सडकबाट फैसला गर्ने ? – Nepal Press

पूर्वप्रधानन्यायाधीशलाई ओलीको प्रश्न– अदालतलाई धम्क्याउने ? सडकबाट फैसला गर्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार जना पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतलाई धम्क्याउने र गलत ढंगले प्रभावित पार्न खोजेको आरोप लगाएका छन् । ओलीले सडकबाटै फैसला दिन खोज्ने प्रवृत्ति कदापि स्वीकार्य नहुने बताए ।

युवा संघको राष्ट्रिय भेलालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘म भन्न चाहन्छु, सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा बसिसकेका मान्छेले गलत ढंगले प्रभावित पार्ने, अदालतलाई धम्क्याउने खालका क्रियाकलाप गर्न सुहाउँदैन । सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?

प्रधानमन्त्रीले संविधानमा व्यवस्था भएको संवैधानिक इजलासलाई नमान्ने भन्दै केही अजासु (अति जान्ने सुन्ने) निस्केर अरु इजलास माग गर्न थालेको आरोप लगाए ।

ओलीले भने– ‘केही अजासु निस्केर संवैधानिक इजलासले हुँदैन भन्दैछन्, कुन संविधानले भन्यो ? उनीहरुले जे भन्यो त्यही फैसला हुनुपर्ने ? उनीहरुले जुन इजलास माग्यो त्यही हुने हो भने किन चाहियो अदालत ?’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने पुनः ठोकुवा गर्दै वैशाख १७ र २७ गते नै चुनाव हुने बताए । केपी ओलीले चुनाव गराउँदैन भन्नेहरु चुनावबाट डराउने पानीमरुवा हुन् भन्दै प्रधानमन्त्रीले लोकतन्त्र जोगाउन आफू जेलनेल बसेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर