प्रचण्डले कु गर्न खोजेपछि प्रतिनिधिसभा विघटन– मणि थापा – Nepal Press

प्रचण्डले कु गर्न खोजेपछि प्रतिनिधिसभा विघटन– मणि थापा

काठमाडौं । विभाजित नेकपाका नेता तथा खानेपानी मन्त्री मणि थापाले प्रचण्डले सरकारविरुद्ध कु गर्न खोज्दा केपी ओलीले असफल बनाएर देशलाई बचाएको दावी गरेका छन् । रिपोर्टर्स क्लबमा शनिवार आयोजित साक्षात्कारमा बोल्दै मन्त्री थापाले प्रचण्डले कु गर्न खोजेपछि बाध्यात्मक कदम चाल्नुपरेको बताए ।

थापाले भने–‘प्रचण्डले पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीमाथि कू गर्नु खोज्नुभयो । देशलाई कू को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओली चुनावको बाटोमा जानुभयो ।

थापाले चुनावको विकल्प नभएको भन्दै त्यसविपरित गए प्रतिगमनको बाटोमा देश जाने बताए । नेकपा चुनावको अभियानमा प्रवेश गरिसकेकाले यताउता नहुने उनको भनाई थियो ।

नेकपा चुनावी अभियानमा सक्रिय भएर सातैवटा प्रदेशमा सक्रिय भएको बताए । उनले भने, ‘धनगढीबाट विशाल जनसभा देखिसक्नुभयो ।’ अब देशभर चुनावको लहर चल्दै गएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *