प्रचण्ड–माधवलाई पार्वतीको प्रश्न– कमरेडहरु ! नारी अस्मितामाथि प्रहार किन ? – Nepal Press

प्रचण्ड–माधवलाई पार्वतीको प्रश्न– कमरेडहरु ! नारी अस्मितामाथि प्रहार किन ?

काठमाडौं । राष्ट्रियसभा सदस्य दिलकुमारी रावल (पार्वती)ले देशका तीन जना पूर्व प्रधानमन्त्रीहरु सहभागी कार्यक्रममा राष्ट्रपतिको अस्मिता र सतित्वमाथि प्रहार हुँदा मौन समर्थन जनाएको भन्दै अमर्यादित नारा लगाउनेमाथि कडा कारवाहीको माग गरेकी छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्ने क्रममा सांसद रावलले तीन-तीन जना पूर्व प्रधानमन्त्री सहभागी जलुसमा लागेको नाराले नेपालीको शीर निहुराएको बताइन् । पुस १३ गते प्रचण्ड-माधव नेपाल पक्षले गरेको विरोध प्रदर्शनमा राष्ट्रपतिको विरुद्ध चरित्रहत्या गर्ने नारा लगाइएको थियो । त्यस्तो नारा लगाउने व्यक्तिको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

संसदमा रावलले भनिन्– तीन-तीन जना पूर्व प्रधानमन्त्री सहभागी भएको जुलुसमा लागेको नारा सुन्दा आज स्वाभिमानी नेपालीहरूको शिर निहुरिएको छ, एउटी महिलाको, राष्ट्रपतिको अस्मिता, सतीत्वमाथि प्रहार किन ? तपाईहरुको सांस्कृतिक विचलनको यो भन्दा अरु के पराकाष्ठा हुन सक्छ ? कमरेडहरु, के तपाईहरुसँग राजनीतिक एजेण्डा सकिएका हुन् ?

बैठकमा रावल र अर्का सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीविरुद्ध गरिएको षड्यन्त्रका कारण जनतामा जानुभन्दा अर्को विकल्प नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर