यातायात कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुख  दिने बिचौलिया पक्राउ – Nepal Press

यातायात कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुख  दिने बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुख  दिने बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका – १० गुर्जुधारास्थित यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुख हैरानी दिने एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१० घर भएका २४ वर्षीय बाल कृष्ण खत्री रहेका छन् । उनले यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुख हैरानी दिने र बाटो बाटै तानेर आफ्नो सटरतिर लैजाने गरेर सेवाग्राही दुख दिने गरेका थिए ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर