सिरहामा १० कक्षामा पढ्ने विद्यार्थीको हत्या, दुई वर्षअघि पनि परेका थिए अपहरणमा – Nepal Press

सिरहामा १० कक्षामा पढ्ने विद्यार्थीको हत्या, दुई वर्षअघि पनि परेका थिए अपहरणमा

जनकपुरधाम। सिरहामा कक्षा १० मा पढ्ने एक विद्यार्थीको हत्या भएको छ। गोलबजार नगरपालिका–१२ हरिपुर घर भएका विद्यार्थी आनन्द सिंहको शव फेला परेको हो।

गोलबजार नगरपालिका–६ डोहटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। उनी गोलबजारस्थित सृजना सेकेड्री इङ्लिश बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत थिए।

गोलबजारमै बस्दै आएका उनी मंगलबार परीक्षा दिएर साथीलाई पुर्याउन भन्दै निस्केका थिए। तर, रातिसम्म फर्केर नआएपछि घरपरिवारले खोजतलास जारी राखेको बेला डोहटी टोल नजिकै खेतमा शव फेला परेको छ हो।

घटनास्थलमा उनले प्रयोग गरेको साइकल, ब्लेड र किटनाशक विषादी फेला परेको प्रहरीले जनाएको छ। यद्यपि घटनास्थल हेर्दा कसैले हत्या गरेको देखिन्छ। प्रहरीले भने अनुसार घटना शंस्कास्पद रहे पनि अहिले नै केही भन्न नसकिने बताएको छ।

उनी दुई वर्षअघि पनि अपहरणमा परेका थिए। तर भारतबाट अपहरणकारीको चङ्गुलबाट भाग्न सफल भएको स्थानीयले जनाएको छ। अपहरणबाट बचेका उनको अहिले आएर हत्या भएपछि परिवार शोकमा डुबेका छन्।

घटना विषयमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी शालिग्राम शर्माले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर