ओली पक्षलाई समर्थन गर्दै सुदूपश्चिमका अर्थमन्त्रीले दिए राजीनामा – Nepal Press

ओली पक्षलाई समर्थन गर्दै सुदूपश्चिमका अर्थमन्त्रीले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बोहराले केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

पूर्व माओवादीबाट निर्वाचित बोहोराले मुख्यमन्त्री सहित प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाका नेताहरुसँग असहमति जनाएर सरकार छाडेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशमा प्रचण्ड–माधव पक्षको बहुमत छ । केही दिनअघि मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहोरालाई बर्खास्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर