ओली पक्षद्वारा रामेछाप जिल्ला कमिटी पुनर्गठन – Nepal Press

ओली पक्षद्वारा रामेछाप जिल्ला कमिटी पुनर्गठन

काठमाडौं । केपी ओली नेतृत्वको नेकपाले रामेछाप जिल्ला कमिटी पुनर्गठन गरेको छ ।

पार्टी विभाजनसँगै अध्यक्ष मैनकुमार मोक्तान र सचिव शान्ति पौडेल प्रचण्ड–माधव नेपाल समूहमा लागेपछि बुधवार मन्थलीमा आयोजित कार्यकर्ता भेलाबाट नयाँ नेतृत्व चयन भएको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा भएको भेलाले अध्यक्षमा आनन्द श्रेष्ठ र सचिवमा पुरुषोत्तम कडरियालाई चयन गरेको छ । श्रेष्ठ तत्कालिन एमालेको जिल्ला सचिव थिए ।

कडरिया प्रचण्ड–माधव नेपाल पक्ष छाडेर बुधवारकै कार्यक्रमबाट ओली पक्षमा खुलेका हुन् । श्रेष्ठ र कडरिया दुवैजना विद्यार्थी राजनीतिबाट पार्टीको नेतृत्वमा गएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर