चोलेन्द्रको प्रश्न– हरिकृष्ण श्रीमान् इजलासमा बस्न किन नपाउने ? – Nepal Press
संवैधानिक इजलास

चोलेन्द्रको प्रश्न– हरिकृष्ण श्रीमान् इजलासमा बस्न किन नपाउने ?

‘भन्नेले त चोलेन्द्रलाई पनि केपी ओलीले नियुक्त गरेको भन्लान्’

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा कुन न्यायाधीश बस्न मिल्ने र को नमिल्ने भन्ने प्रश्न नउठाउन वरिष्ठ अधिवक्ताहरुलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाका क्रममा शम्भु थापा र दिनेश त्रिपाठीले न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि इजलासबाट तत्कालै राणाले पछाडि नफर्किन आग्रह गरेका हुन् ।

राणाले त्यसरी पछाडि फर्किने हो भने केपी ओलीले नियुक्त गरेको चोलेन्द्रले के मुद्दा हेर्ने ? भन्ने प्रश्न पनि कसैले उठाउन सक्ने बताए ।

राणाले भने– संवैधानिक इजलासमा बस्न किन नमिलने ? भन्नेले त केपी ओलीले नियुक्त गरेको चोलेन्द्रले के मुद्दा हेर्ने भन्लान् । त्यसरी त कसरी हुन्छ ? हामी पछाडि नफर्कौ ।

कार्की विगतमा केपी ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेको भन्दै संवैधानिक इजलासमा केपी ओलीविरुद्धकै मुद्दा हेर्नेमा रहेकोमा विपक्षी वकिलले प्रश्न उठाएका हुन् ।

थापाले १४ जना न्यायाधीशको रोस्टरबाट अरु न्यायाधीश राख्न सकिन्थ्यो भन्दै कार्कीमाथि नैतिक प्रश्न उठेको बताए ।

उनले भने– हिजो श्रीमान कुन पार्टीमा हुनुहुन्थ्यो । म केपी ओलीको मुद्दा चै हेर्दिन भनेको भए हुन्थ्यो । हिजो एउटै पार्टीमा हुनुहुन्थ्यो हरिकृष्ण श्रीमान र महान्यायाधिवक्ता अग्निजी । आज अग्निजी सरकारको बचाउमा तल हुनुहुन्छ , श्रीमान माथि हुनुहुन्छ । यो भन्दा के भन्ने ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर