वायु प्रदूषण: घर बाहिर ननिस्कन वातावरण विभागको आग्रह – Nepal Press

वायु प्रदूषण: घर बाहिर ननिस्कन वातावरण विभागको आग्रह

काठमाडौं । वातावरण विभागले बालबालिका, वृद्धवृद्धा र बिरामीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन  आह्वान गरेको छ ।

हिजोदेखि मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकाले बालबालिका, वृद्धवृद्धा, दम–खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी र मुटुका बिरामी जोखिममा रहेको विभागको भनाइ छ । उनीहरूलाई सकेसम्म घरबाट बाहिर ननिस्कन  विभागले आह्वान गरेको हो ।

‘बिरामीहरू बढी प्रभावित हुने भएकाले उहाँहरूलाई सकेसम्म घर बाहिर ननिस्किन र सबै नागरिकले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन आग्रह गर्दछौं’, विभागको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं उपत्यकाबाहेक तराई क्षेत्रका शहरहरू जस्तै, नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएकोले त्यहाँका नागरिकहरूलाई पनि विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । साथै फोहोर बाल्दा र आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगर्न पनि विभागले आह्वान गरेको छ ।

मौसम यस्तै भइरहे प्रदूषण झन् बढ्ने विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर