ओली पक्षले गर्यो ओेखलढुंगा जिल्ला कमिटी पुनर्गठन
केदारबाबु बस्नेतलाई अध्यक्ष र तीर्थ सुवेदीलाई सचिव चयन


काठमाडौं । पार्टी विभाजनमा अध्यक्ष मोहन खड्का प्रचण्ड–माधव नेपाल पक्षमा लागेपछि केपी ओली पक्षले नेकपा ओखलढुंगा जिल्ला कमिटी पुनर्गठन गरेको छ ।
आइतबार र सोमबार भएको जिल्ला भेलाले केदारबाबु बस्नेतलाई अध्यक्ष र तीर्थ सुवेदीलाई सचिव चयन गरेको छ ।
तत्कालीन जिल्ला सचिव तथा सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ केन्द्रीय सदस्यमा मनोनीत भएकाले श्रेष्ठको ठाउँमा सुवेदीलाई सचिव बनाइएको नेकपाले जनाएको छ ।
श्रेष्ठ साबिक एमालेको जिल्ला अध्यक्ष थिए । पार्टी एकीकरणपछि जिल्ला अध्यक्ष माओवादीले पाएपछि उनी सचिव भएका थिए । नयाँ अध्यक्ष बस्नेत तत्कालीन एमाले ओखलढुंगाका संस्थापक नेता हुन् ।
नयाँ अध्यक्ष बस्नेत सिद्धिचरण नगरपालिका वडा नम्बर १ तलुवाका वडाध्यक्ष हुन् भने सुवेदी चम्पादेवी गाउँपालिकाका इन्चार्ज थिए । त्यस्तै जिल्ला कमिटी २५१ सदस्यीय बनाउने निर्णय भएको सुवेदीले बताए ।
प्रचण्ड–माधव नेपाल पक्षका सदस्यहरुलाई भने कायमै राखेर अध्यक्ष मात्र हटाइएको हो । यसअघि उदयपुरमा पनि नेकपा अोली पक्षले अध्यक्ष परमेश्वर घिमिरे र सचिव कुशलबाबु बस्नेत चयन गरी जिल्ला कमिटी पुनर्गठन गरेको थियो ।
मोहन खड्का कहिले देखि कार्की तिर रुपान्तरण भएछन्🤣