राप्ती अस्पतालमा अनियमितता, ६ लाख रुपैयाँ भत्तामै सकियो – Nepal Press

राप्ती अस्पतालमा अनियमितता, ६ लाख रुपैयाँ भत्तामै सकियो

रकम फिर्ता गर्न मन्त्रालयलाई लेखा समितिको निर्देशन

दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बैठक भत्ताका नाममा करिब ६ लाख रुपैँया अनियमितता भएको पाइएको छ । बैठक भत्ताको नाममा अस्पताल विकास समितिका पदाधिकारी र कर्मचारीले गैरकानूनी तरिकाले रकम बुझेको फेला परेको हो ।

अर्थिक वर्ष २०७६/०७७ मा उनीहरुले गैरकानूनी रुपमा पाँच लाख ८५ हजार रुपैँया बुझेको भन्दै प्रदेशसभाको लेखा समितिले उक्त रकम असुल गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका पदाधिकारी र कर्मचारीले एकैदिन आठवटासम्म बैठक बसेको देखाइ भत्ता बुझेका छन् ।

यसरी एउटा कार्यालयले एकैदिन धेरै बैठक बसी भत्ता लिनु गैरकानूनी भएकाले असुल गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको सभापति चौधरीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *