बँदेलको आक्रमणबाट चारजना घाइते – Nepal Press

बँदेलको आक्रमणबाट चारजना घाइते

लमही /बँदेलको आक्रमण चारजना घाइते भएका छन् । लमही नगरपालिका वडा नम्वर १ बरुवा गाउँका ४० बर्षिय हिरादेवी चौधरी, वडा नम्बर २ डोडहीका ८ बर्षिय शिरीष गिरी, सोहि ठाउँका ५५ बर्षिय धनिया चौधरी सहित अर्का एकजनालाई बँदेलले आक्रमण गरेको थियो । एकजनाको पहिचान हुन सकेको छैन् ।

उनीहरु नजिकैको जंगलमा घाँस काट्न गएकाबेला बँदेलले आक्रमण गरेको लमही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको खुट्टामा चोट लागेको छ ।

घाइते मध्य दुईजनालाई लमहीको फलोरेन्स् अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारकोलागि बुटवल रिफर गरिएको छ । उनीहरुको अवस्था गम्भीर छ भने अन्य दुईजनाको लमहीमै उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर