पर्यटकीय गन्तव्यहरुको ‘प्रवर्द्धनात्मक कार्यक्रम’ ल्याउन संचार मन्त्रीको आह्वान – Nepal Press

पर्यटकीय गन्तव्यहरुको ‘प्रवर्द्धनात्मक कार्यक्रम’ ल्याउन संचार मन्त्रीको आह्वान

काठमाडौ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको सांस्कृतिक, धार्मिक, प्राकृतिक तथा पर्यटकीय गन्तव्यहरुको विश्वमाझ अझै उजागर हुनेगरी ‘प्रवर्द्धनात्मक कार्यक्रम’ ल्याउन आह्वान गरेका छन्।

गुरुङको सचिवालयका अनुसार उनले यस कार्यक्रमलाई प्रभावकारी हुने गरी अघि बढाउन सार्वजनिक सूचना जारी गरी सहयोग जुटाउन हुलाक सेवा विभाग र सम्बन्धित निकायलाई सचेत पनि गराएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित हुलाक टिकट प्रकाशन समारोहमा बोल्दै उनले भने, ‘नेपालको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटकीय गन्तव्यहरुको देश, विदेशमा पहिचान गराउन हुलाक टिकट प्रकाशन गरेर जुन भूमिका खेल्दै आइएको छ, त्यस्ता परम्परा र अभ्यासहरुलाई निरन्तरता दिँदै नेपालको भाषा, जाति, धर्म, संस्कृति, पर्यटकीय गन्तव्यहरुको विश्वमाझ थप परिचय गराउने काममा हुलाक सेवा विभागले प्रर्वद्धनात्मक कार्यक्रम ल्याउन सबै पक्षको सहयोग जुटाउन पहल गर्नु पर्दछ ।’

कार्यक्रममा मन्त्री गुरुङले लुम्बिनी क्षेत्रको आध्यामिक तथा पर्यटकीय प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनी शान्ति दौडको माध्यामबाट भएको योगदानको उच्च कदर गर्दै हुलाक सेवा विभागले प्रकाशन गरेको २० रुपैयाँ दरका ‘लुम्बिनी शान्ति दौड’ अंकित हुलाक टिकट र राष्ट्रिय जनगणनाको उच्च सम्मान गर्दै प्रकाशन गरिएको ‘राष्ट्रिय जनगणना २०७८’ को लागो अंकित १० रुपैयाँ दरको हुलाक टिकटमा टाँचा लगाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर