भूमिगत शैलीमा चुनाव जितेका बबन सिंह ओली नेतृत्वको नेकपामा प्रवेश – Nepal Press

भूमिगत शैलीमा चुनाव जितेका बबन सिंह ओली नेतृत्वको नेकपामा प्रवेश

काठमाडौं । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका बाहुबली नेता बबन सिंह विहीवार केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

रौतटहको गरुडामा आयोजित कार्यक्रममा नेकपाका प्रदेश इन्चार्ज सत्यनारायण मण्डल र अध्यक्ष प्रभु साहले उनलाई पार्टी प्रवेश गराएका हुन् । उनी पछिल्लो समय जनता समाजवादी पार्टीमा थिए ।

सिंह केही समय गौर काण्डमा भूमिगत भएका थिए । उनले चुनावमा पनि भूमिगत प्रचार गरेका थिए । फरार अभियुक्तका रुपमा रहेका सिंहले हिन्दी फिल्म लोफरमा अनिल कपुरले चुनाव जितेको शैलीमा ‘तपाईको एक मतले मेरो जीवन बच्न सक्छ’ भन्दै भोट मागेका थिए ।

प्रभु साह ओली पक्षमा लागेसँगै प्रदेश २ का ६ जना पूर्व माओवादी सांसद पनि ओली नेकपामा लागेका छन् । साहले साबिक नेकपाका १२ जना केन्द्रीय सदस्यलाई अ‍ोली पक्षमा हस्ताक्षर गराएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *