सालकको खपेटा सहित दुई जना पक्राउ – Nepal Press

सालकको खपेटा सहित दुई जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका -२ नागढुङ्गाबाट सालकको खपेटा सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा धादिङ धुनिबेशी नगरपालिका-५ घर भएका १९ वर्षीय मनोज राई र नुवाकोट बेल्कोटगडि नगरपालिका-२ घर भएका २३ वर्षीय सूर्य तामाङ रहेका छन् ।

धादिङबाट काठमाडौंतर्फ आउदै गरेको बा.३ ख ६१३८ नम्बरको बसलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार राईको झोलामा उक्त खपेटा फेला पारेपछि राई र उक्त खपेटा लिन आएका तामाङ समेतलाई सितापाईलाबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर