प्रचण्डले आफूलाई अध्यक्षबाट हटाएकै ठाउँमा ओलीको आसन – Nepal Press

प्रचण्डले आफूलाई अध्यक्षबाट हटाएकै ठाउँमा ओलीको आसन

काठमाडौं । सरकार सन्चालन समेत बालुवाटारबाटै गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली मृगौला पुनः प्रत्यारोपणपछि विरलैमात्र बाहिरी कार्यक्रममा निस्कने गरेका छन् ।

पार्टी बैठक समेत बालुवाटारमै गर्ने प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष केपी शर्मा ओली लामो समयपछि पुस ४ गते शनिवार प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

पार्टी विभाजनपछि बालुवाटारबाट शीतल निवास बाहेक अन्यत्र नगएका ओली बुधवार बबरमहलस्थित कार्की पार्टी प्यालेस पुगेर सुदूरपश्चिमका कार्यकर्ता भेलामा पुगे । कार्की पार्टी प्यालेस त्यहि हो, जहाँबाट प्रचण्ड पक्षले उनलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको घोषणा गरेको थियो ।

उनी काठमाडौं जिल्ला कमिटीको भेलामा पनि पुस १८ गते सहभागी हुनेछन् । पार्टी विभाजनपछि ओली पक्षधर नेकपाका दोस्रो तहका नेताहरु देश दौडामा लागेका बेला अध्यक्ष ओली पनि बालुवाटार बाहिर निस्केर कार्यकर्ताबीच पुग्न थालेका हन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर