मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सुनुवाई हुँदै – Nepal Press

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सुनुवाई हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनपश्चात गरिएको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा परेको रिटउपर आज सुनुवाई हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकन्द्र ओलीले दायर गरेका निवदेन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाई हुन लागेका हुन् ।

प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गरेसंगै सरकार स्वतः कामचलाउ हैसियतमा पुगेकोले मन्त्रिपरिषद् विस्तार असंवैधानिक हुने भएकोले अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रीट परेको थियो । रीटमा मन्त्रिपरिषद् पुनर्गठन र कार्यविभाजन बदर गर्न माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर