अमेरिकी संसदको खर्च विधेयकमा ट्रम्पको हस्ताक्षर, नेपाललाई साढे १५ अर्ब – Nepal Press

अमेरिकी संसदको खर्च विधेयकमा ट्रम्पको हस्ताक्षर, नेपाललाई साढे १५ अर्ब

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुचर्चित खर्च विधेयकमा हस्ताक्षर गरेका छन् । जहाँ नेपालका लागि १३ करोड अमेरिकी डलर (साढे १५ अर्ब) भन्दा बढी विनियोजन गरिएको छ ।

नेपालको लोकतन्त्र र विकास शीर्षकमा उक्त बजेट छुट्याइएको हो । यो विधेयकलाई लिएर अमेरिकी कंग्रेसमा रस्साकस्सी चलिरहेको थियो भने, केही रिपब्लिकन सांसदहरुले ट्वीटमार्फत असन्तोष व्यक्त गरिरहेका थिए ।

वैदेशिक सैन्य आर्थिक सहायताको रकम भने नेपालको मानवीय कार्य, प्राकृतिक विपत्तिमा सहायता र अन्तर्राष्ट्रिय शान्ति कार्यक्रमहरुको लागि मात्र उपलब्ध हुने विधेयकमा जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर