चिनियाँ टोलीले भेटघाट थाल्यो – Nepal Press

चिनियाँ टोलीले भेटघाट थाल्यो

काठमाडौं । नेकपा विभाजनबारे चासो राख्दै आइतबार अपराह्न काठमाडौं आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउसहित चार सदस्यीय टोलीले बेलुकी ५ बजे राष्ट्रपतिलाई भेटेर आफ्नो काम शुरु गरेको छ ।

त्यसअघि दूतावासमा काठमाडौंस्थित विभिन्न चिनियाँ पदाधिकारीसँग उपमन्त्री गुओको टोलीले परामर्श गरेको थियो ।

स्रोतका अनुसार आजै बेलुकी बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीसँग र त्यसलगत्तै प्रचण्ड-माधव समूहसँग भेट्ने कार्यक्रम तय भएको छ ।

तर, प्रचण्ड-माधव समूहसँगको भेटस्थल र समय गोप्य राखिएको छ ।  ‘आज सबै पक्षका कुरा सुन्ने र भोलि थप छलफल गर्ने कुरा छ’ दूतावास स्रोतले जनायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर