देउवाको स्पष्टीकरण –संसद विघटनविरुद्ध कांग्रेस एकमतका साथ उभिएको छ – Nepal Press

देउवाको स्पष्टीकरण –संसद विघटनविरुद्ध कांग्रेस एकमतका साथ उभिएको छ

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा प्रतिनिधिसभा विघटनपछिको रणनीतिका सन्दर्भमा नेतृत्व विभाजित भएको सन्देश गइरहेका बेला सभापति शेरबहादुर देउवाले मुख खोलेका छन् ।

देउवाले शनिवार विज्ञप्ति जारी गरि प्रतिनिधिसभा विघटनका विरुद्ध कांग्रेस एकमतका साथ उभिएको दावी गरेका छन् । तर प्रतिनिधिसभा पुनःस्थापनाबारे भने देउवाको विज्ञप्ति मौन छ । देउवाले शुक्रवारको बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाको कुरै नगर्न सदस्यहरुलाई निर्देशन दिएका थिए ।

सभापति देउवाले सोमवार १६५ निर्वाचन क्षेत्रमा हुने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । देउवाले विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटन विरुद्धको प्रदर्शनमा सहभागिताका लागि आह्वान गरेका हुन् ।

पार्टीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको भन्दै संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरितको कार्य विरुद्ध कांग्रेस सम्पूर्ण रुपले एकमतका साथ उभिएको देउवाले प्रष्ट परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर