प्रचण्डको गृहजिल्लाको पार्टी कार्यालयमा ओली पक्षको तालाबन्दी – Nepal Press

प्रचण्डको गृहजिल्लाको पार्टी कार्यालयमा ओली पक्षको तालाबन्दी

काठमाडौं । नेकपा विभाजनको असर अब नेकपाका जिल्ला कार्यालयतिर पर्न थालेका छन् । पार्टीको सम्पत्तिमा दुवै पक्षले दावी गरिरहेका बेला विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनको कार्यालयमा केपी ओली पक्षले ताला लगाइदिएको छ ।

आज बिहानै पार्टी कार्यालयमा पुगेका ओली पक्षधर कार्यकर्ताले जिल्ला अध्यक्ष र सचिवले कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका हुन् । तत्कालीन एमालेको मदन–आश्रित स्मृति भवनलाई नै नेकपा एकीकरणपछि पार्टी कार्यालयका रुपमा प्रयोग गरिएको छ ।

मदन–आश्रित भवन एमालेको सम्पत्ति भएको र केपी ओली नै पार्टीको आधिकारिक अध्यक्ष भएकाले आफ्नो कार्यालयबाट गुट चालउन नदिन ताला लगाइएको अनेरास्ववियू चितवनका अध्यक्ष प्रकाश आचार्यले नेपाल प्रेसलाई बताए ।

ताला लगाउने क्रममा उनीहरुले विज्ञप्तिसमेत टाँसेका छन् । विज्ञप्तिमा पार्टीको मूल नेतृत्वको विरुद्धमा कार्यालयबाट गतिविधि भएकाले ताला लगाइएको र जनताको बहुदलीय जनवादको विपक्षमा लागेको आरोप लगाइएको छ ।

चितवनको अध्यक्ष यमवहादुर परियार र सचिव कृष्णभक्ता पोखरेल दुवै प्रचण्ड–माधव समूहमा छन् । चितवन अध्यक्ष प्रचण्ड र सम्भावित महासचिव सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर