प्रचण्डलाई भेटेर फर्किए वामदेव, कित्ता अझै अस्पष्ट – Nepal Press

प्रचण्डलाई भेटेर फर्किए वामदेव, कित्ता अझै अस्पष्ट

काठमाडौं । पार्टी विभाजनका क्रममा दुवै पक्षमा नखुलेका नेकपा उपाध्यक्ष वामदेव गौतमले आज बिहानै खुमलटार पुगेर पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । पार्टी विभाजनपछि उनी खुमलटार र बालुवाटार कतै गएका थिएनन् ।

उनलाई आफ्नो पक्षको बैठकमा आउनका लागि आग्रह गर्दै माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ भैंसेपाटीस्थित निवासमै पनि पुगेका थिए । गौतम प्रचण्डसँग छलफल गरेर निवास फर्किसकेका छन् ।

प्रचण्डले गौतम आफ्नै समूहमा आउने बिहीबाररको केन्द्रीय कमिटी बैठकमा बताएका थिए । तर गौतमले भने अहिलेसम्म कता लाग्ने भनेर मुख खोलेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनी संवादमै रहेको निकट स्रोतले जनाएको छ ।

गौतमलाई नवौं महाधिवेशनसम्म साथ दिँदै आएका किरण गुरुङ, रघुवीर महासेठ, गणेश ठगुन्ना, लालवहादुर थापा, पद्मा अर्याल, भुपेन्द्र थापालगायतका नेताहरु भने अ‍ोलीतिर लागेका छन् । केशवलाल श्रेष्ठ, बलराम बास्कोटाहरु भने प्रचण्ड–माधव पक्षको बैठकमा सहभागी भएका छन् । अब वामदेव दम्पतीले मात्र कित्ता प्रष्ट पार्न बाँकी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर