अबको लडाईं चानचुने हुँदैनः प्रचण्ड – Nepal Press

अबको लडाईं चानचुने हुँदैनः प्रचण्ड

‘संसद विघटन कायरले गर्छ, बहादुरले त सामना गर्ने हो’

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन नभई वर्तमान सरकारको विघटन भएको टिप्पणी गरेका छन् । बबरमहलमा जारी आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रचण्डले भने, ‘ठूलो बेइमानी, जालझेल र षडयन्त्र भयो, प्रतिक्रान्तिको खतरा बढेको छ, अबको लडाईं चानचुने हुँदैन ।’

संसद विघटनलाई कायरले गर्ने काम भन्दै प्रचण्डले भने, ‘बहादुरले त संसदको सामना गर्छ, संसद विघटन कायरले गर्ने काम हो ।’ समानुपातिक हक खोस्न खोजिएको आरोप लगाउँदै प्रचण्डले त्यो गरिए वर्तमान सरकारलाई निकै महँगो पर्ने टिप्पणी गरे ।

पार्टी विभाजन गर्नेका पछाडि जनता नलाग्ने बताउँदै उनले गणतन्त्र नचाहने तत्वलाई गणतन्त्र बुझाउँदा दुःख पाइएको बताए । ‘गणतन्त्र जन्माउने एउटा तर जिम्मा अर्कोलाई लगाउँदा दुःख पाइयो’ दाहालले भने, ‘तर, हामीले एजेन्डा बुझाएका होइनौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर